१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ११:०९:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्यालय पुनर्निर्माणमा २० करोड खर्च

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ११:०९:००

१२ वैशाख ०७२ को भूकम्पपछि लमजुङका विद्यालय पुनर्निमार्णमा २० करोडभन्दा बढी रकम खर्च भएको छ । साबिकको जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वय एकाइमार्फत सो रकम खर्च भएको हो । आर्थिक वर्ष ०७३/७४ को चैतबाट लमजुङमा विद्यालय भवन पुनर्निर्माण सुरु भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार हालसम्म भूकम्पबाट क्षति भएका विद्यालय पुनर्निर्माणमा २० करोड ३६ लाख खर्च भएको छ । तीन वर्षको अवधिमा ११ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको छ भने १३ विद्यालय भवन निर्माण पूरा भए पनि कागजी प्रक्रियामा रहेको आयोजना कार्यान्वयन एकाइका इन्जिनियर दीपकराज कँडेलले बताए । 

साबिकको जिल्ला शिक्षा कार्यालयमार्फत आर्थिक वर्ष ०७३/७४ मा ८ र ०७४÷७५ मा ८ गरी १६ विद्यालय भवनको ४६ कोठा पुनर्निर्माण भएका थिए । यस्तै, जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत आर्थिक वर्ष ०७५/७६ मा दुई चरणमा पुनर्निर्माण कार्यक्रम आएको थियो । पहिलो चरणमा २९ भवनका ८९ कोठा र दोस्रो चरणमा एक सय २३ कोठा पुनर्निर्माण गर्ने गरी कार्यक्रम आएकामा अधिकांश भवन निर्माणाधीन अवस्थामा रहेको इन्जिनियर कँडेलले बताए । 

पुनर्निर्माणका लागि छनोट भएका लमजुङका कुल विद्यालयको संख्या एक सय २७ छन् । जसमध्ये कार्यान्वय एकाइमार्फत ७४ विद्यालयमा पुनर्निर्माण कार्यक्रम लागू भएको छ । पुनर्निर्माणको लागि सूचीकृत १६ विद्यालय भने कुनै पनि निकायबाट सम्बोधन नभएको कार्यान्वय एकाइका प्रमुख अशोक पराजुलीले बताए  । जिल्लाको भौगोलिक बनोटका कारण अधिकांश विद्यालयमा तोकिएको समयमा पुनर्निर्माण सम्पन्न गर्न नसकिएको एकाइले जनाएको छ ।