मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०९:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

शैक्षिक गुणस्तर सुधार्न कम्प्युटर ल्याब

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०९:१५:००

सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार अभियानअन्तर्गत जिल्लाका दुई विद्यालयमा सुविधासम्पन्न कम्प्युटर ल्याब स्थापना गरिएको छ । प्रदेश सरकारले सुरुवात गरेको ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार’को दोस्रो चरणको अभियानअन्तर्गत मादीस्थित मादी माध्यमिक विद्यालय र मुढेको सिंहेश्वरी माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय र युनाइटेड वल्र्ड स्कुल्स नेपालबीचको सहकार्यमा डिजिटल साक्षरता कार्यक्रम तथा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।

सामाजिक विकास मन्त्रालयमार्फत प्रदेशभरका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने भन्दै अभियान सुरु गरिएको हो । गत २२ भदौमा ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार’ अभियान सुरु गरिएपछि पहिलो चरणमा प्रदेशभरका ६४ स्थानीय तहका दुई सय विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्य भइरहेको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले अभियानको दोस्रो चरणमा प्रदेशभरका एक सय सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन लागिएको बताए । पहिलो चरणमा सय र दोस्रो चरणमा अर्को एक सय विद्यालय छनोट गरिएको उनले जानकारी दिए ।