१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १०:३७:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पाका २८ विकास योजनामाथि अख्तियारको छानबिनमा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १०:३७:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाका २८ वटा विकास आयोजनाको छानबिन सुरु गरेको छ । यसका लागि अख्यितार, सुर्खेत कार्यालयको टोली डोल्पा पुगेको हो । 

अख्तियारको टोलीले मंगलबार यहाँका २८ योजनाबारे जानकारी लिएको छ । स्थलगत अध्ययनका लागि आएको टोलीले सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेको जनाएको छ । अख्तियारको टोली मंगलबार नै सुर्खेत फर्किएपछि स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । 

औपचारिकता निभाउन मात्रै अख्तियारको टोली आउने गरेको स्थानीय बासिन्दाको आरोप छ । ‘डोल्पाका विकास योजनामा प्रत्येक वर्ष अख्तियारको चासो बढ्दै छ, तर भ्रष्टाचार न्यूनीकरण हुनुको सट्टा अझ मौलाउँदै गएको छ,’ नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले भने । अख्यितारमा उजुरी परे पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनको भनाइ छ । 

पहुँचका आधारमा योजना ल्याउने र ५० प्रतिशत पनि काम नगरेर रकम सिध्याउने गरिएको स्थानीय अगुवाहरूको भनाइ छ । तर, अख्तियारले औपचारिकता मात्रै निभाउने गरेको मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले बताए । स्थानीयले दिएका उजुरीमा छानबिन गरी कारबाही गर्नुपर्ने उनको भनाइ छ । 

केही वर्षअघिका मुद्दामा समेत अहिलेसम्म कारबाही नभएको स्थानीय देवीकृष्ण उपाध्यायले गुनासो गरे । सडक, पुल, तटबन्धलगायतका करोडौँका भ्रष्टाचार मुद्दामा दोषीलाई कारबाही नभएको उनको भनाइ थियो । ‘अख्तियारको टोली आउने तर भ्रष्टाचारीलाई केही नहुने गर्दा अख्यितारले पनि केही गर्न नसक्दो रहेछ भन्ने धारणा बन्दै गएको छ,’ उनले भने ।

अख्तियारको सुर्खेत कार्यालयका प्रमुख शेषनारायण पौडेलले विस्तृत अध्ययन भइरहेको बताए । ‘उजुरीमा अनुसन्धान भइरहेको छ । यथेष्ट प्रमाण भएका मुद्दामा कारबाही भइरहेको छ ।