मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ

साओमीको नयाँ  स्मार्टफोन सार्वजनिक

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०६:००:००

साओमीले रेडमी नोट सिरिजको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गर्दै क्वाड क्यामेरा सेटअपसहितको उक्त फोन सार्वजनिक गरेको हो ।

उक्त फोन नेपालमा सार्वजनिक गर्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट अब्बल रहँदै आएको बताए । उनले ६४ एमपी क्वाड क्यामेरा बिस्ट–रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको जानकारी दिए । उनका अनुसार विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी ९ ओटी चिपसेट भएको उक्त स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ । 

रेडमी नोट ८ को फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । ६ दशमलव ५३ इन्च डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ सार्वजनिक भएको उक्त फोनको मोटाइ भने ८ दशमलव ८ इन्च रहेको छ । फोनमा ४ हजार ५ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ जसले पूरै दिन उत्कृष्ट गेमिङ र फोटोग्राफीमा सहयोग पुग्छ ।

रेडमी नोट ८, ६ जिबी प्लस ६४ जिबी र ६ जिबी प्लस १ सय २८ जिबी भेरियन्टमा उपलब्ध छ । उक्त भेरियन्टको बजारमूल्य क्रमशः १८ हजार ९ सय ९९ र २३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । उक्त स्मार्टफोन मुनलाइट ह्वाइट, स्पेस ब्लक र नेप्चयुन ब्लुमा उपलब्ध छ । यस्तै, रेडमी नोट ८ प्रो भने ६ जिबी प्लस ६४ जिबी, ६ जिबी प्लस १ सय २८ जिबी र ८ जिबी प्लस १ सय २८ जिबी गरी ३ भेरियन्टमा उपलब्ध छ । जसको बजारमूल्य क्रमशः २६ हजार ९ सय ९९, २९ हजार ९ सय ९९ र ३२ हजार ९ सय ९९ रुपैयाँ छ ।