Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०९:०८:००
Read Time : < 1 मिनेट
खेलकुद

‘सर्वोच्चको आदेश कार्यान्वयनको माग’

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०९:०८:००

नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले सर्वोच्च अदालतको अन्तरिम आदेश कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्सँग माग राखेका छन् । दुईपटक सर्वोच्चको आदेश परिषद्ले कार्यान्वयन गर्न नमानेपछि आफूले मानहानि मुद्दा राख्ने तयारीसमेत गरेको  राणाले पत्रकार सम्मेलनमा चेतावनी दिएका छन् ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को टेक्निकल ह्यान्डबुकमा सर्वोच्चले मान्यता प्रदान गरेको कुस्ती संघका पदाधिकारीको नाम परिषद्ले समावेश नगरेको राणाले बताएका छन् । 

गत ९ असारमा परिषद्ले राजमोहन अन्सारीको नेतृत्वलाई पुनर्गठन गरेको थियो । ‘अदालतले दुईपटक म नेतृत्वमा रहेको कुस्ती संघलाई काम गर्न दिनू भनी अन्तरिम आदेश दिएको छ,’ सर्वोच्चको अन्तरिम आदेश देखाउँदै राणाले भने, ‘तर, परिषद्ले अदातलको कार्यान्वयन आदेशसमेत आलटाल गरिरहेको छ ।’ राणा केही दिनमा आदेश कार्यान्वयन नभए परिषद्विरुद्ध अदालतमा मानहानि मुद्दा दिने पक्षमा उभिएका छन् ।