१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर ५ बिहीबार ०८:३८:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

पोलियोरहित विश्वको सपना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर ५ बिहीबार ०८:३८:००

अहिलेजसरी नै अभियान अघि बढे विश्व स्वास्थ्य संगठनले छिटै सम्पूर्ण अफ्रिकालाई पोलियोरहित घोषणा गर्नेछ

हामी त्यस्ता दिनतर्फ अघि बढ्दै छौँ, जुन साकार हुन्छ भन्ने सपना केही दशकअघिसम्म कमैले देखेका थिए– पोलियो उन्मूलन । आजको दिनमा हामी यस्तो क्रूर, विध्वंसकारी र मृत्युको मुखमा पु-याउने रोगलाई उन्मूलन गर्ने चरणमा छौँ । कुनै पनि बालबालिकाले यस भाइरसको संक्रमण जीवनभर भोग्नु नपरोस् भनेर गरिएको वर्षौंसम्मको प्रतिबद्धताको नतिजा हो यो । तर, यो संघर्ष निकै लामो रह्यो ।

विभिन्न देश, नेता, मेडिकल विज्ञ र परोपकारीले विभिन्न फोरममा मिलेर पोलियो उन्मूलन गर्ने लक्ष्यका साथ काम गरिरहेका छन् । मंगलबार विश्वभरका नेता तथा अभियन्ताको  उपस्थितिमा अबुधाबीमा आयोजित ‘रिचिङ द लास्ट माइल’ फोरमले पोलियोरहित विश्व बनाउने रणनीति कार्यान्वयनमा २.६ बिलियन रकम खर्चने महत्वपूर्ण घोषणा गरेको छ । ‘द पोलियो इन्डगेम स्ट्रयाटिजी २०१९–२०२३’ ले तीन पक्षमा ध्यान केन्द्रित गर्छ– उन्मूलन, सम्बन्धित संस्था र समुदायको एकीकृत पहल, रोकथाम र प्रमाणीकरण । 

यो घोषणा निकै महत्वपूर्ण छ र पोलियो भाइरसले उत्पात मच्चाएका समुदायमा संरक्षणका लागि काम गरिरहेका सबैलाई यसले खुसी तुल्याएको छ । गत महिना सामुदायिक स्वास्थ्य अधिकारीले धेरै महत्वपूर्ण घोषणा गरेका थिए– तीन विध्वंसकारीमध्ये दुई वाइल्ड पोलियो भाइरस उन्मूलन भइसकेका छन् र अस्तित्वमा वाइल्ड पोलियो भाइरस १ (डब्ल्युपिभी १) मात्रै बाँकी छ । तर, यो पनि केही विशेष दुर्गम भूभागमा मात्रै अस्तित्वमा छ ।

पोलियो उन्मूलनको अन्तिम चरणमा पुग्नु कुनै पनि बालबालिकाले यस भाइरसको संक्रमण जीवनभर भोग्नु नपरोस् भनेर गरिएको वर्षौंसम्मको प्रतिबद्धताको नतिजा हो 
 

वाइल्ड पोलियोको समस्या देखिने अन्तिम अफ्रिकी मुलुक नाइजेरियाबाट अझै खुसीको खबर आएको छ । सन् २०२० सम्म अहिलेजसरी नै अभियान अघि बढे भने विश्व स्वास्थ्य संगठनका अधिकारीले सम्पूर्ण अफ्रिका महादेशलाई पोलियोरहित घोषणा गर्नेछन् ।  

आजको दिनमा पाकिस्तान र अफगानिस्तानमा पोलियोको बिगबिगी चरम छ । यहाँ पोलियो उन्मूलन चुनौतीपूर्ण छ । अस्थिर अभियान, असुरक्षा, द्वन्द्व, ठूलो घुमन्ते जनसंख्या र दुर्भाग्य, केही अवस्थामा बाबुआमाले नै आफ्ना छोराछोरीलाई खोप लगाउन नदिँदा वा पोलियो थोपा नखुवाउँदा यस्तो अवस्था निम्तिएको हो । यहाँ त्यस्ता अन्य कारण पनि छन्, जसले मेडिकल टिम, स्वयंसेवक, अनुसन्धानकर्तालाई धर्तीबाट वाइल्ड पोलियो उन्मूलन गर्ने गम्भीर लक्ष्य प्राप्तिमा चुनौती दिइरहेको छ । अफ्रिका र एसियाका केही भूभागमा रोग प्रतिरोधी क्षमताको दर कम हुनुको अर्थ यस भाइरसको तनाव फर्कन सक्छ भन्ने हो । 

विश्व समुदायले मंगलबार गरेको घोषणाअनुसार २.६ बिलियन डलर विश्वभरका ४ सय ५० मिलियन बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन खर्च गरिनेछ र पोलियोविरुद्धको लडाइँमा विजय प्राप्त भएको विश्वास दिलाउने गरी सार्वजनिक स्वास्थ्य कार्यक्रम कार्यान्वयन हुनेछन् । अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नयान पोलियोविरुद्धको लडाइँमा खेलेको नेतृत्वदायी भूमिकाका कारण विश्वव्यापी चर्चामा छन् ।  उनी पोलियो र अन्य सरुवा रोग निवारणमा विजयनिकट छन् । 
गल्फ न्युजडटकमको सम्पादकीयबाट