मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ४ बुधबार १९:४३:००
Read Time : < 1 मिनेट
समाचार

प्युठानमा एक शव फेला 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १९:४३:००

प्युठानमा सरुमारानी गाउँपालिका-४ झमकोटका ४९ वर्षीय भिम बहादुर रानाकाे शव भेटिएकाे छ । शव प्युठान नगरपालिका-४ स्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

मृतक रानाको शवलाई बिहीबार जिल्ला अस्पताल प्युठानमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएकाे प्रहरी प्रमुख कार्कीले बताए । उनी शुक्रबारदेखि परिवारको सर्म्पकमा थिएनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।