१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर ४ बुधबार १८:३३:००
Read Time : < 1 मिनेट
समाचार

दोलखा र कास्कीमा भएको दुर्घटनामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १८:३३:००

दोलखा र कास्कीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका ८ बोचस्थित ठूलिनागीमा भएको बस दुर्घटनामा परि बैतेश्वर गाउँपालिका २ की ७० वर्षीया कुमारी तामाङको मृत्यु भएको हो । डिजेल सकिएर रोकेको गाडी पछाडी गुड्दा बसमै रहेकी तामाङको मृत्यु भएको थियो । 

मिर्गेबाट बुधबार बिहान ७ बजे काठमाडौंको लागि छुटेको बा ३ ख २९९७ नम्बरको गौरीशंकर यातायातको बस सदरमुकाम चरिकोटबाट १० बजे छुटेको थियो । रोकिएको बसमा चार जना रहेकोमा बस गुड्न लागेपछि उत्रन खोज्दा कुमारी तमाङलाई सोही बसले किचेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।  

बसबाट उत्रने क्रममा घाइते भएका दुई वर्षीय बालक छिरिङ दुण्डु तमाङको चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ मर्दी खोलाबाट घाचोकतर्फ जाँदै गरेको ग १ त  ३४७३ नंम्बरको ट्याक्टरसडकबाट अंन्दाजि ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
ट्याक्टर चालक पर्सा जिल्ला घर भई माछापुच्छ्रे ३ घाचोक बस्ने वर्ष ४७ का नरेन्द्र सिंह बस्नेतको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सुचना अधिकारी प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।

यसैगरी पोखरामा बुधबार भएको प्याराग्लाईडिङ दुर्घटना एक जना घाईते भएका छन् । ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङबाट उडान भरेका स्लो पाईलट ब्रिटेनका नागरिक म्याथहीफिडस घाइते भएको रेग्मीले जानकारी दिए ।

उनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।