मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर ४ बुधबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार

तीन वर्षभित्र नेपाल समृद्धिको उच्च विन्दुमा : नेता शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर ४ बुधबार १७:११:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सरकारले अबको तीन वर्षमा मुलुकलाई विकास र समृद्धिको उच्च विन्दुमा पुर्‍याउने बताएका छन् । उनले सरकारको दुई वर्ष समृद्धिको आधार तय गर्ने वर्ष रहेका भन्दै अब विकास र समृद्धिका लागि कामले गति लिने बताए । 

चाँगुनारायण नगरपालिका–६ नगरकोटमा आयोजित चुनावी सभामा सम्बाेधन गर्दै नेता शर्माले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा पनि देशैभरि नेकपाले विजयी हासिल गर्ने बताए । उनले भक्तपुर–१ (क)मा पनि नेकपाका उम्मेदवार युवा नेता डिपी ढकाललाई विजयी गराउन मतदातालाई आग्रह गरे । उनले नेकपा सरकारले राष्ट्रको स्वाभिमान गुम्ने कुनैपनि काम नगर्ने बताए । लिम्पियाधुरा विवादबारे उनले भने, ‘सीमा रक्षा गर्नु हाम्रो जिम्मेवारी हो, जुनसुकै विकल्प लगाएर भए पनि देशको सीमा रक्षा गर्छौँ, तर भूमि मिच्न दिदैनौँ ।’ 

कार्यक्रममा नेकपाका युवा नेता महेश बस्नेतले भक्तपुरमा डिपी र आफ्नो जोडी मह जोडीभन्दा उत्कृष्ट भएको बताए । ‘नगरमा सोम मिश्र, प्रदेशमा डिपी र माथि म छँदैछु, भक्तपुरको विकासकालागि हाम्रो जोडी मिल्छ,’ उनले भने ।