Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार १६:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठनको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार १६:४७:००

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनकाे तयारी गरेका छन् । नेकपाकाे सचिवालय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेरमा मन्त्रिपरिषद पुनर्गठन हुने पुष्टि गरे । 

‘प्रधानमन्त्रीले यसअघि नै संकेत गरे अनुसार मन्त्रिपरिषद पुनर्गठन हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘नयाँ बन्ने मन्त्रीको संख्या र नामावली प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ मन्त्रीहरुको सूची तयार बनाएर गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहानै अर्का अध्यक्ष दाहाललाई लिएर मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग समेत परामर्श गरेका थिए ।