१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौं नयाँ पत्रिका
२०७६ मङ्सिर ४ बुधबार १५:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बिहीबारबाट महतो राजपाको संयोजक

Read Time : < 1 मिनेट
काठमाडौं नयाँ पत्रिका
२०७६ मङ्सिर ४ बुधबार १५:५३:००

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजक बिहीबारबाट नेता राजेन्द्र महतोले सम्हाल्ने भएका छन् । बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले बिहीबारबाट लागु हुनेगरी संयोजक महतो बनाउने निर्णय गरेको हो । 

संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले बिहीबारदेखि लागु हुने गरी महतोले संयोजकको जिम्मवारी सम्हाल्ने निर्णय भएको संयोजक ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘२०७६ मंसिर ५ गतेदेखि राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्ने गरी निर्णय गरिएको छ,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

तदर्थ समिति गठनका लागि २० दिनको म्याद थप गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुलाई २५ मंसिरसम्म तदर्थ समितिको सम्पूर्ण काम सम्पन्न गर्न पनि निर्देशन दिएको छ । 

राजपाले उनीहरुलाई ३० मंसिरमा बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठकमा प्रतिवेदनसहित उपस्थित हुन पनि भनेको छ ।