मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर ४ बुधबार १५:४०:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पाली भन्छन्, - औपचारिकता निभाउन मात्र अख्तियार आउँछ

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १५:४०:००

प्रत्येक वर्ष डोल्पाबाट आयोगमा परेका मुद्दाहरु अनुसन्धान गर्न अख्तियारको टोली अनुसन्धानकालागि आउने गरेपनि कारबाही कहिल्यै नभएको भन्दै अख्तियारप्रति डोल्पालीले असन्तुष्टि जनाएका छन् ।

‘डोल्पाका विकास योजनामा प्रत्येक वर्ष अख्तियारको चासो बढ्दै छ,’ नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले भने, ‘भ्रष्टाचार न्यूनीकरण हुनुको सट्टा अझ मौलाउँदै गएको छ ।’ पहुँचका आधारमा ब्यक्तिगत योजना ल्याउने र ५० प्रतिशत पनि काम नगरी रकम सिध्याउने परिपार्टीले डोल्पामा भ्रष्टाचारको अखडा बनेको उनको भनाई छ ।

मंगलबार डोल्पाका विकास निर्माणका २८ वटा योजना छानबिन गरि अख्तियारको टोली फर्किएपछि स्थानीयको धारणा यस्तो पाइएको हो । आजसम्म आयोगमा भ्रष्टाचारका ठुला मुद्दाहरु परेपनि कारबाही नहुँदा भ्रष्टाचारीको मनोवल बढ्दै गएको स्थानीयको भनाइ छ ।

अख्तियारमा परेका सदरमुकाम दुनैधो हुँदै ल्यासीक्यापसम्मको मोटरबाटो निर्माणको २२ करोडको मुद्दा, रुपगाड खोलाको पुल वर्षौदेखि नबनेको, दुनै तटबन्धनका करोडौँ भ्रष्टाचार लगायतका योजनामा अझैँसम्मपनि कारबाही भएको खबर नसुनेको देबीकृष्ण उपाध्यायले बताए ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलका अनुसार अख्तियारले तत्कालै मुद्दा परेकै आधारमा समातेर भित्र हाल्न नसकिने र डोल्पाबाट परेका मुद्दाहरुको विषयमा विस्तृत अनुसन्धान भइरहेको बताए । आयोगमा परेका मुद्दाहरुमा अनुसन्धान र प्रमाणका आधारमा कारबाही भइरहेकाले भष्टाचारजस्तो महाअपराधमा लागेका जो कसैलाई नछाड्ने अख्तियारको दाबी छ ।

डोल्पाबाट औषधि खरिद, शिक्षक नियुक्ति, सरुवा, बढुवा, बिद्यालय भवन तथा सडक निर्माणमा चरम भ्रष्टाचारहुने गरेको उजुरीहरु धेरै परेको अख्तियारले जनाएको छ ।