१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर ४ बुधबार १३:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा सचिवालय बैठक जारी, फेरिने मन्त्रीहरुको टुङ्गो लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर ४ बुधबार १३:२९:००

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटामा बसेको छ । मन्त्रिमण्डल सदस्य परिवर्तनलाई मुख्य एजेन्डा बनाएर बैठक बसेको हो । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा आज (बुधबार) मन्त्री हेरफेर हुनसक्ने जानकारी गराएका थिए ।बुधबार बस्ने सचिवालय बैठकले राजीनामा दिने र नियुक्त हुने मन्त्रीहरुको नामावली टुङ्गो लगाउने बताइएको छ ।

१२ बजे बस्ने भनिएको बैठक एक बजेबाट सुरु हुने बालुवाटार स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओलीले आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको बताएका थिए  । यसपछि शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् हेरफेरबारे छलफल र भेटघाट बाक्लिएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन हुने भन्दै ओलीले मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई बुधबार कुनै पनि औपचारिक कार्यक्रममा नगर्न र काठमाडौंबाहिर नजान आग्रह गरेका थिए ।

स्रोतका अनुसार बुधबार दिउँसो नै मन्त्रिपरिषद् हेरफेर गरी पुनर्गठन गर्ने र साँझसम्म सपथ ग्रहण गराउने कार्यक्रम रहे पनि बिदा हुने र नयाँ आउने मन्त्रीको टुङ्गो लाग्न सकेको छैन ।
‘कम्तिमा तीन र बढीमा सात जनासम्म मन्त्री हेरफेर हुनसक्ने बुझिएको छ,’ ओलीनिकट एक नेताले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको मन्त्रीहरुको चौमासिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा मन्त्रीहरु हेरफेर गरिने भएको हो ।

यस्तै नयाँ आउने मन्त्रीहरुमा तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबाट बराबरीको संख्यामा राखिएको स्रोतले जनाएको छ ।