मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ४ बुधबार १२:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १२:२४:००

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । सोमबार साँझ २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् ।

अमरगढी नगरपालिकास्थित बजार क्षेत्रमा कोठा लिई बसेकी बुहारी नाता पर्ने महिलामाथि उनले कोठामै गएर बलात्कार गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई सोमबार रातिनै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । 

उनीमाथि मंगलबार जिल्ला अदालत डडेल्धुरामा जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप अनुमती लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।