१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ४ बुधबार १०:४९:००
Read Time : > 1 मिनेट
प्रदेश

मिलेमतो गरी डोल्पामा भ्रष्टाचार

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १०:४९:००

भ्रष्टलाई कारबाही नभएको स्थानीयको गुनासो

डोल्पामा विकास योजनामा मिलेमतो गरेर चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार दुरुपयोग अनुसन्धान अयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट पहिलो चरणको अन्तक्र्रिया कार्यक्रमका लागि डोल्पा पुगेको टोलीले यस्तो बताएको हो । 

भौगोलिक रूपमा विकट डोल्पामा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइएको आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए । डोल्पाका विकास निर्माणमा मिलेमतोमै चरम भ्रष्टाचार भएको भन्दै आयोगमा धेरै उजुरी परेको उनले सुनाए । भ्रष्टाचार न्यूनीकरणका लागि जनता पनि जागरुक हुनुपर्ने पौडेलको भनाइ थियो । भ्रष्टाचार न्यूनीकरण गर्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग पहिलोपटक डोल्पामा अन्तक्र्रिया गरिएको हो । 

औषधि खरिदमा पनि भ्रष्टाचार
डोल्पाका विभिन्न स्वास्थ्य चौकीमा पठाइने अत्यावश्यक वस्तु औषधि खरिदमा समेत भ्रष्टाचार भएको उजुरी परेको अख्तियारले जनाएको छ । औषधि खरिदमा भ्रष्टाचार गर्ने नियत राखेर नयाँ औषधि खरिद गरेको बिल भरपाई दाखिला गरेर पुरानै मौज्दात औषधि देखाएर रकम दुरुपयोग हुने गरेको पाइएको छ । डोल्पाका बिसौँ हजार जनताको भविष्यसँग जोडिएको औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई कुनै पनि हालतमा नछोड्ने अख्तियारले चेतावनी दिएको छ ।  औषधि खरिदमा समेत मुनाफाको खेती गर्ने जनप्रतिनिधि वा कर्मचारीलाई नछोड्न अन्तक्र्रियामा सहभागीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोजका प्रतिनिधिसँग आग्रह गरेका थिए । डोल्पामा जिल्ला अस्पताल र स्थानीय तहले लाखौँ रुपैयाँको औषधि खरिद गरे पनि स्वास्थ संस्थामा पटक–पटक औषधि अभाव हुने गर्दछ ।

डोल्पाका स्थानीय तहका जनप्रतिनिधिले सेवा प्रवाह र विकास निर्माण पक्षपात गरेको गुनासो बढ्दै गइरहेकाले यसो नर्गन अख्तियारको टोलीले निर्देशन दिएको छ । सरकारको कुर्सीमा बसिकेपछि राजनीतिक पूर्वाग्रह नराखी सबै जनतालाई समान रूपमा सेवा प्रवाह गर्नुका साथै आवश्यकताका आधारमा मात्र विकास बाँडफाँड गर्नसमेत निर्देशन दिइएको छ ।

स्थानीय तह आफैँ एक तहको सरकार भएकाले नीति बनाएर मात्रै विभिन्न काम गर्नसमेत आग्रह गरिएको छ । डोल्पामा शिक्षक नियुक्ति, सरुवा, बढुवा, विद्यालय भवन निर्माण, सडक निर्माणमा भ्रष्टाचार भएका मुद्दा धेरै आएको बताइएको छ ।

कारबाही भएन
अख्तियारको टोली बर्सेनि डोल्पा आउने गरेको भए पनि एकजनालाई पनि कारबाही नभएको गुनासो अन्तक्र्रियाका सहभागीले गरे । अख्तियारले धेरै पहिला उजुरी परेको दुनै, धो हुँदै ल्यासीक्यापसम्मको मोटरबाटो निर्माणको २२ करोडको मुद्दा, रुपगाड खोलाको पुल वर्षौंदेखि नबनेको मुद्दा, दुनै तटबन्धनका करोडौँ भ्रष्टाचार भएको उजुरी आदिमा अख्तियारले कारबाही गर्न नसकेको सहभागी देवीकृष्ण उपाध्यायले गुनासो गरे ।