मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ४ बुधबार १०:२३:००
Read Time : < 1 मिनेट
प्रदेश

तिलोत्तमामा आगामी शैक्षिक  सत्रबाट स्थानीय पाठ्यक्रम 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १०:२३:००

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रमसमेत लागू गर्ने भएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउन नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो । 

स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले आगामी शैक्षिक सत्रबाट नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने बताए । तिलोत्तमामा अहिले ८५ वटा विद्यालय छन् । पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्ने समितिको तयारी छ । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्नेे संयोजक भुसालले बताए । 

पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषयमा जानकारी दिइनेछ । 

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहने भएकाले विद्यार्थीका लागि रुचिकर रहने शिक्षा उप–सचिव गंगाराम आचार्यले बताए । विद्यालयहरूले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् ।

पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले सोमबार जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवाको सहभागितामा सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यशाला गोष्ठी गरेको छ । समितिले सरोकारवालाहरूसँग अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रूप दिने संयोजक भुसालले बताए । कार्यशालामा नगर प्रमुख घिमिरेले स्थानीय अवस्थासँग परिचित हुनेगरी विद्यार्थीलाई जिवनोपयोगी शिक्षा दिन स्थानीय पाठ्यक्रम निर्माण सफल हुनुपर्ने बताए ।