मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ४ बुधबार ०६:५८:००
Read Time : < 1 मिनेट
अर्थ

जेसिबीको आउटलेट दमौलीमा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०६:५८:००

नेपालका लागि जेसिबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सेवा सञ्जाल विस्तारका क्रममा तनहुँको दमौलीमा सोरुम सञ्चालन गरेको छ । कम्पनीले सहज रूपमा  कम्पनीले सञ्चालन गरेको   ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)बाट जेसिबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको अफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । 

आउटलेटको उद्घाटन दमौली नगरपालिकाका मेयर वैकण्ठ न्यौपानेले गरेका हुन् । यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीको सहजता र सुलभताका लागि जेसिबीले आधिकारिक आउटलेट सुरु गरेको बिएस सप्लायर्सका प्रबन्ध निर्देशक कृष्णराज पण्डितले बताए । 

योसहित जेसिबीले नेपालका विभिन्न १७ स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम, सर्लाही र बनेपामा यसअघि नै जेसिबीका आधिकारिक बिक्री केन्द्र सञ्चालन भइसकेका छन् ।