मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार ०८:१३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जाडोमा प्रदूषणको असर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार ०८:१३:००
 डा. नीरज बम
सहप्राध्यापक/छातीरोग विशेषज्ञ
त्रिवि शिक्षण अस्पताल

धुवाँ धुलो र प्रदूषणका कारण छातीसम्बन्धी विभिन्न समस्या देखापर्ने गर्छन् । हिउँदमा हुने बढी सुक्खापनका कारण प्रदूषण बढ्छ र चिसोले समेत समस्या निम्त्याउँछ । सहरी क्षेत्रमा गाडीको अत्यधिक चाप र यसबाट निस्कने फोहोरले मानिसको स्वास्थ्यमा बढी असर गरिरहेको हुन्छ । 

प्राथमिक समस्या
वायुमा हुने प्रदूषणका कारण सुरु–सुरुमा  भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखापर्छन् । जसकारण पछिल्लो समय श्वासप्रश्वास र दमका बिरामीको संख्या बढेको पाइन्छ । अधिकांशमा छाती कसिएको जस्तो हुने, सास फेर्न ग्राहो हुने, चाँडै रुघाखोकी लाग्ने, नाक बन्द हुनेजस्ता लक्षण देखापर्छन् । 
जटिल समस्या 
वायुमा केमिकल, सल्फर अक्साइड ग्यास हुने भएकाले अधिकांशमा दमको समस्या देखिने गरेको पाइन्छ । लामो समयसम्म खोकी लागिरहने र लामो समयसम्म निको नहुने हुन्छ । त्यस्तै, छातीमा संक्रमण भई निमोनिया हुने गर्छ  । पछि गएर फोक्सोमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

प्रदूषित भूभाग र भिडभाडबाट सकेसम्म टाढा रहनुपर्छ । यो मौसममा हावामा कीटाणु थिग्रिएर रहने हुँदा बिहान सबेरैमर्निङवाकमा जानुहुँदैन । मर्निङवाक बिहान ६ बजेपछि मात्र जानुपर्छ ।

दमका रोगीमा प्रदूषित वायुका कारण सास फेर्न गाह्रो हुने, बारम्बार अस्पताल जानुपर्नेजस्ता समस्या देखिन्छन् । हिजोआज बढिरहेको चिसो र प्रदूषणले गर्दा वृद्धवृद्धामा इन्फ्लुएन्जा भाइरसको समस्या बढी देखिएको छ ।

खासगरी ६० वर्षभन्दा माथिका मानिसमा इन्फ्लुइन्जाको समस्या बढी देखिएको हो । प्रदूषण तथा अस्वस्थकर जीवनशैली तथा धुलोधुवाँबाट जोगिन नसक्दा छातीसँगै मुटुमा समेत उत्तिकै असर गर्छ । छातीमा संक्रमण भएर ओपिडी ल्याङटोङमा (क्रोनिक अस्ट्रटिज लङडिजिज)जस्ता समस्या देखापर्छन् ।

कसरी बच्ने ?

  •  काठमाडौंलगायत सहरी क्षेत्रमा प्रदूषणको मात्रा दिनानुदिन बढिरहेको छ । प्रदूषणबाट बच्नका लागि अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने हुन्छ । बजारमा पाइने सामान्य मास्कले प्रदूषण नछेक्ने हुँदा एन ९५ वा एन ९९ नामक मास्कको प्रयोग गर्न सकिन्छ । 
  •  प्रदूषित भूभाग र भिडभाडबाट सकेसम्म टाढा रहनुपर्छ । यो मौसममा हावामा कीटाणु थिग्रिएर रहने हुँदा बिहान सबेरै मर्निङवाकमा जानुहुँदैन । मर्निङवाक बिहान ६ बजेपछि मात्र जानुपर्छ । 
  •  जाडोबाट बच्नका लागि दाउरा, अन्य काठ वा भुस बाल्ने चलन छ । तर, यसबाट निस्कने धुवाँले पनि मानव शरीरमा असर गरिरहेको हुन्छ । 
  •  बढी धुवाँ फाल्ने सवारीसाधन नचलाउने र धुवाँधुलो निस्कने कलकारखानालाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै, समय–समयमा बाटो भत्काउने गर्दा पनि धुवाँधुलो बढेको हुन्छ । त्यस्ता ठाउँमा मास्क लगाएर हिँड्नुपर्छ । प्रदूषण नियन्त्रणमा सबै जुट्नुपर्छ ।