१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बसन्त खतिवडा
२०७५ पौष १ आइतबार १६:२७:००
Read Time : < 1 मिनेट
समाचार

माछा सुपर जोन अध्यक्षमा यादव, निवर्तमान अध्यक्ष सिंह पक्राउ

Read Time : < 1 मिनेट
बसन्त खतिवडा
२०७५ पौष १ आइतबार १६:२७:००

प्रधानमन्त्री कृषि आधुनिकीकरण माछा सुपरजोन परियोजना बाराको अध्यक्षमा रामकिशोर यादव चयन भएका छन् । बाराको सिम्रौनगढमा शनिबार सम्पन्न प्रधानमन्त्री कृषि आधुनिकीकरण माछा सुपरजोन परियोजनाको साधारण सभाले यादवसहित नौ जनाको कार्य समितिलाई निर्वाचित गरेको परियोजना कार्यालय बाराले जनाएको छ ।

सुपरजोनको सदस्यमा दुई सय ७९ मत्स्य कृषक आबद्ध रहेकोमा दुई सय ४० जना मत्स्य कृषक उपस्थित रहेका थिए । जसमध्ये दुई सय पाँच जना कृषकले यादव नेतृत्वलाई निर्विरोध चयन गरेको हो ।

सभामा परियोजनाका वरिष्ठ कृषि अधिकृत गणेश मिश्राले निर्वाचित समितिसँग मिलेर काम गर्न सबैले सहयोग गर्नु पर्ने बताए ।

निवर्तमान अध्यक्ष जलन्धर सिंहलाई सभामा भाग लिन जाँदै गर्दा बारा प्रहरीले पक्राउ गरेपछि जेष्ठ सदस्य लक्ष्मण साह कानुको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । ज्यान मार्ने उद्योगमा सिंहसहित कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष प्रभुप्रसाद पटेल पक्राउ परेका छन् ।

उनीहरु दुवैमाथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी भएको बारा प्रहरीले जनाएको छ ।

५ कात्र्तिकमा पचरौता नगरपालिकामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै बेनौलीका स्थानीय ज्ञापन पत्र बुझाउन जाँदा बेल्दरीका स्थानीयले रोकेका थिए । ज्ञापन पत्र बुझाउन गएका बेनौलीका स्थानीयलाई रोकपछि बेनौली र बेल्दारी स्थानीयबीच झडप भएको थियो । झडपमा पचरौता नगरपालिका–४ का रमेश यादव र नवलकिशोर यादवको टाउकोमा गम्भीर चोट लागेको थियो भने अन्य दुई घाइते भएका थिए । घाइतेहरुको किटानी जाहेरीको आधारमा सिंह र पटेल पक्राउ परेको बारा प्रहरीले जनाएको छ ।