Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दिपेश पछाई भैरहवा
२०७६ मङ्सिर ४ बुधबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ

पाँचौँ लुम्बिनी महोत्सव सुरु

Read Time : < 1 मिनेट
दिपेश पछाई भैरहवा
२०७६ मङ्सिर ४ बुधबार ०६:०४:००

भैरहवामा पाँचौँ लुम्बिनी पर्यटन प्रवर्द्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव सुरु भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा पर्यटन, कृषि तथा औद्योगिक प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव मंगलबार सुरु भएको हो । महोत्सवको उद्घाटनका अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश राजधानी सबैलाई पायक पर्ने ठाउँमा तोकिनुपर्ने बताए । उनले प्रदेश राजधानी बनाउँदा नयाँ सहरलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले उद्योग, व्यवसायमैत्री ऐन, कानुन निर्माण भएको र केही निर्माण हुने क्रममा रहेकाले व्यावसायिक वातावरण बनेको दाबी गरे । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले युवाहरूलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए । सिद्धार्थनगरमा पनि केही युवाहरूले कृषिलाई नमुना बनाइरहेको उनले जनाए । 

कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको महोत्सवमा ५ वटा विदेशीसहित ४ सय स्टल राखिएको संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । उनले भैरहवामा स्थायी मण्डप नहुँदा मेला महोत्सव गर्न समस्या परेकाले मण्डप निर्माण गर्ने जमिन उपलब्ध गराउन पहल गरिनेमा उनले जोड दिए । नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षको प्रचारस्वरूप मायादेवी मन्दिरको आकृतिमा पेभेलिएन बनाइएको छ । यस्तै, पशुपतिनाथ मन्दिरको आकृतिमा सचिवालयसमेत बनाइएको छ । यो महोत्सव मंसिर १५ गतेसम्म चल्नेछ ।