१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३ मंगलबार २०:२६:००
Read Time : < 1 मिनेट
समाचार

घुससहित वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३ मंगलबार २०:२६:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका-१ का वडाध्यक्ष उमेशकुमार साहलाई २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै साहले घुस मागेको अभियोग छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई मंगलबार पक्राउ गरिएको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।