सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
२०७६ मङ्सिर ३ मंगलबार १८:४४:००
समाचार

सडक निर्माणमा ढिलाइ गरेको भन्दै मानव साङ्लो बनाएर विरोध 

२०७६ मङ्सिर ३ मंगलबार १८:४४:००

दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे चरिकोट सडक निर्माणको जिम्मा लिएर वर्षाैदेखि अलपत्र पारेको भन्दै मंगलबार स्थानीयले मानव साङ्लो बनाएर विरोध जनाएका छन् । केही दिनदेखि ठेकेदार कम्पनीविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका जिल्लाबासीले मंगलबार मानव साङ्लो बनाएर विरोध जनाएका हुन् ।

पहिलो चरणमा ठेकेदार कम्पनीका साइड इन्चार्जको फोटो सार्वजनिक ठाउँ र सवारी साधनमा टाँसेर विरोध गरेका स्थानीयले दोस्रो चरणमा मानव साङ्लो बनाएर १ घण्टा नाराबाजी गर्दै सांकेतिक विरोध गरेका थिए । सडक विस्तार कार्य सुरु भएको ४ वर्ष हुँदा पनि ठेकेदार कम्पनीको लापरवाहीले खाडीचौर मुडे चरिकोट सडकमा यात्रा गर्न कठिन भएपछि नागरिकहरु दवावमुलक अभियानमा जुटेका हुन् ।

खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार २ वर्षमा पूरा गर्ने भनिए पनि ४ वर्षदेखि अलपत्र अवस्थामा छ । वर्षायामभरि सडक सञ्चालनमा नआएपछि दोलखावासी रामेछाप हुँदै विपी राजमार्गबाट राजधानीको यात्रा गर्नु परेको थियो । सडक यात्रा कठिन भएपछि अत्यावश्यक काम वा विरामीको लागि हेलिकप्टर चार्टर गर्न बाध्य बनेका छन् ।

स्थानीयले यसअघि खबरदारी सभा, सिठी जुलुस गरी डिभिजन सडक कार्यालय दोलखामा तालावन्दीसमेत गरेका थिए । अघिल्लो शनिबारदेखि सडक निर्माणको दोलखासहित सिन्धुपाल्चोक र रामेछाप गरी तीन जिल्लाका यात्रुले प्रयोग गर्ने खाडीचौर-चरिकोट सडकको विभिन्न खण्डमा ठूला खाल्डा तथा धुलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नु परिरहेको छ । यात्रामा वर्षाैदेखि कठिनाई भोग्नु परेपछि सडकमा उत्रिनु परेकाे व्यवसायी कमल चौहान बताउँछन् । मुडे चरिकोट सडक खण्डको ३० किलोमिटर सडक दुई लेनको कालोपत्रेसहित दुई वर्षमा सक्ने गरी २०७२ भदौमा सम्झौता भएको थियो ।