१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३ मंगलबार १८:२९:००
Read Time : < 1 मिनेट
अर्थ

नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशतमाथि हुने, दक्षिण एसियामा आर्थिक वृद्धिदर घट्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३ मंगलबार १८:२९:००

विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । तर नेपालको आर्थिक वृद्धिदरमा कुनै असर नपार्ने बैंकले जनाएकाे छ ।

मंगलबार काठमाडौंमा सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै बैंकले विश्वमा आर्थिक वृद्धिदर घट्ने भए पनि कुनै प्रभाव नपार्ने बताएकाे छ । विप्रेषणकाे मुख्य प्रभाव भएकाले नेपालको आर्थिक वृद्धिदर चालू हुने जनाएकाे छ । नेपालमा आर्थिक वर्षभित्र ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिए ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा गर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन सुझाव दिएको छ । प्रतिवेदनले दक्षिण एसियामा उत्पादन घटेका कारण आर्थिक वृद्धिदर घट्न स्पष्ट पारेकाे छ ।