१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ३ मंगलबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार

पत्रकार भण्डारीविरूद्ध एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १६:२५:००

कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन् । 'मानसखण्ड दैनिक'का सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको थियो । साेही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको बताए । उनका अनुसार मंगलबार अदालतमा उपस्थित भएका भण्डारीले एक रुपैयाँ जरिवाना तिरेसँगै कारागार चलानका लागि पत्र दिएको बताए । 

जिल्ला अदालतबाट पत्र पाएपछि पत्रकार भण्डारी मोटरसाइकल चढेर कारागार गएका थिए । उनले मुद्दा पुनरावेदनका लागि मौका नदिएपछि आदालत उपस्थित भएको बताए । उनी एक घण्टा कारागारमा कैद भुक्तानीपछि रिहा हुने छन् । निर्मला पन्त प्रकरणमा उनीविरुद्ध बार एशोसिएसनका कानुन व्यवसायीले मुद्दा दायर गरेका थिए ।