मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन श्रेष्ठ धादिङ 
२०७६ मङ्सिर ३ मंगलबार १६:०५:००
Read Time : < 1 मिनेट
समाचार

दक्षिण काेरियामा कार्यरत धादिङका युवाले किनिदिए एम्बुलेन्स

Read Time : < 1 मिनेट
अर्जुन श्रेष्ठ धादिङ 
२०७६ मङ्सिर ३ मंगलबार १६:०५:००

दक्षिण कोरिया पुगेका धादिङका युवाहरुले गाउँका लागि एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन् ।

विदेशिएका युवाहरुले कमाएको पैसाको केहि अंश जम्मा गरी दुर्गम क्षेत्रका बासिन्दालाई सहज बनाउन एम्वुलेन्स खरिद गरेका हुन् । ‘धादिङ समाज दक्षिण कोरिया’ मार्फत धादिङको गंगाजमुना गाउँपालिकालाई निःशुल्क एम्वुलेन्स उपलब्ध गराएको सो संस्थाका अध्यक्ष सन्तोष अधिकारीले बताए ।

कोरियाका चाडपर्वको अवसर पारेर विभिन्न समयमा साँस्कृतिक कार्यक्रमहरु गर्ने र त्यसबाट नाफा भएको रकम सामाजिक काम गर्न छुट्याउने गरेको अधिकारीले बताए । करिब ११ लाख रुपैयाँ खर्च गरेर एम्बुलेन्स गंगाजमुना गाउँपाालिकामा रहेको गुम्दी स्वास्थ्य चौकीबाट संचालन हुने गरी हस्तान्तरण गरिएको उनले बताए ।

गाउँबाटै एम्वुलेन्स सेवा पाइने भएपछि गुम्दीबासी खुसी भएका छन् । धादिङ समाज कोरियाले यस अघि जिल्ला सदरमुकाम धादिङबेसीमा १७ लाख रुपैयाँ लगानीमा अपांगमैत्री सार्वजनिक शौचालयको निर्माण गरिसकेको छ ।