मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर ३ मंगलबार १४:४९:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पामा मिलेमतोमा विकास योजनामा भ्रष्टाचार

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १४:४९:००

डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय सुर्खेतले भ्रष्टाचार न्युनीकरण गर्ने पहिलो चरणको अन्तरक्रिया डोल्पामा आयोजना गरेको छ । भौगोलिक रुपमा विकट डोल्पामा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेष नारायण पौडेलले बताए ।

त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँगको अन्तरक्रियामा नगरप्रमुख ओमबहादुर बुढाले जनप्रतिनिधिका लागि अख्तियारले राम्रो ज्ञान दिएको बताए ।

औषधि खरिदमा भ्रष्टाचार
डोल्पाका विभिन्न स्वास्थ चौकीमा पठाइने अत्याआवाश्यक औषधि खरिदमा समेत भ्रष्टाचार भएको उजुरी परेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार औषधि खरिदमा भ्रष्टाचारगर्ने नियत राखेर नयाँ औषधि खरिद गरेको बिल भर्पाइ दाखिला गरेर पुरानौ मौज्दात औषधि देखाएर रकम दुरुपयोग गरेको पाइएको हो । औषधि खरिदमा समेत मुनाफाको खेतीगर्ने जनप्रतिनिधि वा कर्मचारीलाई कुनै हालतमा नछोड्न अन्तरक्रियामा सहभागीहरुले अख्तियारलाई आग्रह गरेका छन् ।

त्यस्तै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले सेवाप्रवाह र विकास निर्माणमा समेत पक्षपात गरेको गुनासो बढ्दै गइरहेकाले आवश्यक्ताका आधारमामात्र विकास बाँडफाँड गर्न अख्तियारले निर्देशन दिएको छ ।

भ्रष्टाचारीलाई कारबाही भएन
अख्तियारको टोली हरेकवर्ष डोल्पा आएपनि कसैलाई पनि कारबाही नगरेको सहभागीहरुले बताएका छन् ।

अक्तियारले धेरै पहिला मुद्दा परेको दुनै धो हुँदै ल्यासीक्यापसम्मको मोटरबाटो निर्माणको २२ करोडको मुद्दा, रुपगाड खोलाको पुल वर्षौदेखि नबनेको, दुनै तटबन्धनका करोडौँ भ्रष्टाचार आदि योजनाका बिषयमा छानविन गरेर कारबाही गर्न नसकेको सहभागी देवीकृष्ण उपाध्यायले बताए ।

डोल्पाबाट धेरैजसो मुद्दाहरु हुलाक मार्फत आउने गरेको अख्तियारले जनाएको छ ।