मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३ मंगलबार ०९:३२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सुन्तलाका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३ मंगलबार ०९:३२:००

जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजोआज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

  •  सुन्तलामा प्रशस्त साइट्राइट लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ । 
  •  सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ । 
  •  मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ । 
  •  सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
  •  सुन्तलाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलेस्ट्रोल सन्तुलनमा राख्छ ।
  •  थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ । 
  •  सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ ।