१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर ३ मंगलबार ०९:२८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

तौल घटाउन के खाने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर ३ मंगलबार ०९:२८:००
  •  सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लागि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्दो छ । आफ्नो जीवशैली र खानपानमा ध्यान पु-याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।
  •  बिहानको खाजा धेरै खानुहोस् । सामान्यतया ब्रेकफास्ट सन्तुलित मात्रामा लिनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, कम ब्रेकफास्टले दिउँसोको समयमा बढी भोक लाग्छ र आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना खाइन्छ । तसर्थ, बिहानको समयमा धेरै ब्रेकफास्ट लिनु तौल घटाउनुको उपाय बन्न सक्छ ।
  •  पानीको मात्रा कम भएका पेयपदार्थ सकेसम्म कम लिने । सोडा र जुसजस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ । जसले मोटोपना निम्त्याउँछ ।
  •  चिस्याएका फलफूल र सागसब्जी खानुहोस् । मौसमी ताजा फलफूललाई चिस्याएर यसमा भएको पोषण नष्ट हुनबाट जोगाइन्छ । आइसबक्समा राखेको फलफूल तथा सागसब्जीले स्वस्थ बनाउनुका साथै पिज्जा, बर्गरलगायत फ्याटी खानेकुरामा निर्भर हुने आदत घटाउँछ ।
  •  कालो चिया पिउनुहोस् । बिहानको चियाले फुर्तिलो बनाउनुका साथै थप ऊर्जा प्रदान गर्छ । एक कप चिया पिउँदा त्यसले करिब तीन घन्टा ऊर्जा प्रदान गर्छ । तर, बढी कफी पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन ।
  •  नियमित रोटी खानुहोस् । गहुँको रोटी, खैरो चामल र मकैको फल खाने मानिसमा तौल बढ्ने खतरा झन्डै ५० प्रतिशत कम हुन्छ ।