१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ३ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण : पुरानै आरोपीमाथि फेरि अनुसन्धान

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार ०७:०७:००

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले पुरानै सशंकित व्यक्तिमाथि छानबिन थालेको छ । परिस्थितिजन्य र अन्य प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । हालसम्मको अनुसन्धानमा दिलीपसिंह विष्ट अपराधको सबैभन्दा नजिक छन् । उनलाई प्रहरीले गत वर्ष अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । पछि डिएनए नमिलेपछि छाडेको थियो । उनीलगायत पहिला पक्राउ गरेर सोधपुछ गरिएका व्यक्तिहरूमाथि नै प्रहरीले फेरि सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । जसकारण प्रहरीले पहिला पक्राउ गरेर सोधपुछ गरेका व्यक्तिहरूमध्ये नै घटनाका अभियुक्त भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । 

प्रतिवेदनमा अभियुक्तको वीर्य भनेर परीक्षण गरिएको नमुना वीर्य नै हो भन्न नसकिने उल्लेख छ । चिकित्सक वा प्राविधिकहरूको पसिना नमुनामा मिसिएको हुन सक्ने आकलन गरिएको छ । प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइसकिएको छ । प्रतिवेदनसमेतका आधारमा अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

यसअघि नै राष्ट्रिय मानवअधिकार आयोगले समेत डिएनए परीक्षणमा त्रुटि भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । कसैको डिएनए नमिलेपछि डिएनएमै त्रुटि भएको आशंकामा गृह मन्त्रालयले गत भदौमा रिजालको संयोजकत्वमा डिएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो । जसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा.तुलसी कँडेल सदस्य थिए ।

डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको थियो । यो प्रक्रिया पूर्णतः दोषमुक्त नरहेको एक अधिकारीले बताए । छानबिन समितिले पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकसँग समेत सोधपुछ गरेको थियो । अघिल्लो दिनमै हत्या भएकोमा भोलिपल्ट साँझ मात्र नमुना लिइएको थियो । त्यसले पनि नमुना दूषित भएको हुन सक्ने औँल्याइएको छ । 

 ७० भन्दा धेरैको डिएनए परीक्षण
यो घटनामा शंकास्पद ७० जनाभन्दा धेरैको डिएनए परीक्षण गरिएको थियो । नमुना मिश्रित रूपमा परीक्षण गर्दा अटोजोमल प्रविधि सम्भव नभएको र यसमा चिकित्सकको कमजोरी भएको औँल्याइएको छ । तीनवटा भजाइनल स्वाबमा पुरुष डिएनएको मात्रा फरक–फरक पाइएको, डिएनए मात्रा अत्यधिक कम भएकाले सही परिणाम आउन नसक्ने अवस्था देखिएको छानबिन समितिको निष्कर्ष छ ।  

१० साउन ०७५ मा महेन्द्रनगरमा पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५ दिनपछि प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, मानसिक रोगी रहेका नक्कली अभियुक्तलाई सार्वजनिक गरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । पछि विष्टको डिएनएसमेत नमिलेपछि प्रहरीमाथि सर्वसाधरणको आक्रोश बढेको थियो । 

प्रहरीले प्रमाण नष्ट गरेको, यातना दिएको भन्दै आठजना प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसका आधारमा त्यसरी मुद्दा दायर भएको थियो । अहिले फेरि विष्ट नै प्रहरी अनुसन्धानको पहिलो नम्बरमा छन् । पहिलेभन्दा उनीविरुद्ध धेरै प्रमाणसमेत संकलन भइसकेको प्रहरी अधिकारीको दाबी छ । 

निर्मलाकी आमाद्वारा विष्टमाथि पुनः अनुसन्धान गर्न माग