मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्री हेरफेरको आन्तरिक गृहकार्यमा ओली–प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:०५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् । ओली र प्रचण्डले सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्री हेरफेरबारे दुई घन्टा लामो छलफल गरेका हुन् । 

दुई अध्यक्षबीचको छलफल कुन कुन मन्त्री हटाएर रिक्त स्थानमा कसलाई ल्याउने विषयमा केन्द्रित रहेको निकटस्थ स्रोतले जनाएको छ । व्यक्तिको नाम तय हुनेबित्तिकै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई सैद्धान्तिक सहमति दिएको थियो । 

यसैबीच, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि मन्त्रिपरिषद् पुनर्गठन, समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा केन्द्रित रहेर सोमबार लामो छलफल भएको छ । निजीनिवास खुमलटारमा बिहान नेपालसँग छलफल गरेपछि साँझ प्रचण्ड बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले पनि मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर महासचिव विष्णु पौडेललगायतसँग पनि परामर्श गरेर गृहकार्य गरिरहेका छन् । नयाँ नियुक्त गरिने मन्त्रीहरूको नाम टुंगिएमा मंगलबारै शपथ गराउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।