मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १६:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग

आत्ममूल्यांकनमा छु : शिल्पा मास्के

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १६:५३:००

अहिले फुर्सदमा बसेर आत्ममूल्यांकन गरिरहेकी छु । करिअरलाई उचाइ दिन आफूमा रहेका सबै स–साना कमजोरी पनि सुधार गर्दै लैजानुपर्छ । क्षमता अभिवृद्धिका लागि पनि केही समय खाली बस्नु आवश्यक हुन्छ ।

एउटा फिल्मको सुटिङ सकेर बसेकी छु । फिल्मको आधिकारिक घोषणा हुन बाँकी छ, चाँडै विस्तृत जानकारी सार्वजनिक हुँदै छ । बीचमा दसैँ र तिहारको लामो छुट्टी पनि थियो । त्यसैले अहिले ‘ब्रेक’ लिएर बसेकी छु । हतारमा अर्को काम सुरु गरिहाल्दा पनि थकान हुने रहेछ । त्यसैले अहिले फुर्सदमा बसेर आत्ममूल्यांकन गरिरहेकी छु । करिअरलाई उचाइ दिन आफूमा रहेका सबै स–साना कमजोरी पनि सुधार गर्दै लैजानुपर्छ । क्षमता अभिवृद्धिका लागि पनि केही समय खाली बस्नु आवश्यक हुन्छ ।

यसबीचमा केही पटकथा अध्ययनका लागि नआएका होइनन् । तर, अलि चित्त नबुुझेका कारण मैले निर्णय दिइनँ । हालसम्म लगातार तीनवटा फिल्ममा अभिनय गरिसकेकी छु । अब छोटो ब्रेक लिएर अर्को फिल्ममा काम थाल्ने योजना छ । लामो समय त ब्रेक लिन्नँ । राम्रो विषयमा बन्ने फिल्म आयो भने काम थाल्छु । नेपाली सिने उद्योगमा केही परिवर्तन अवश्य चाहिएको छ । राम्रो पटकथा र निर्देशकको पनि खाँचो महसुस हुन्छ, बिस्तारै अभाव पूरा हुँदै जाला ।