चाउमिन खाएर मृत्यु भएका बालकको शव उठेन, दोषीलाई कारबाही गर्न माग
ठूलीआमाले विशालु पदार्थ मिसाएको आशंका
चाउमिन खाएपछि बिरामी परेर मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभूलीका दुई बालकको शव अझै उठ्न सकेको छैन । बालकको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । उनीहरुको अझै पोस्टमार्टम भएको छैन ।
मृतक बालकका छिमेकी तथा आफन्तले अस्पतालमा प्रदर्शन गरिरहेका छन् । दोषी उपर कारबाहीको सुनिश्चिता नहुन्जेलसम्म शव नबुझ्ने उनीहरुले जिकिर गरिरहेका छन् । मृतकका छिमेकी एव विद्यार्थी नेता केशव साउदले प्रहरीले घटना ढाकछेप गर्न खोजेको आरोप लगाउँदै दोषीलाई उन्मुक्तिदिने खेल भएको बताए ।
मृतक बालककी छिमेकी एव महिला अगुवा नन्दादेवी जोशीले जेठी आमा र जेठा बाबुप्रति स्थानीय गाउँलेले शंका गरेको बताईन् । जोशीका अनुसार ठुलबाबुको घरबाट प्रहरीले विषालु पर्दाथ समेत फेला परेको छ ।
स्थानीय गाउँलेको दवावपछि प्रहरीले मृतक बालकका ठुलबाबु लछी र ठुलीआमा सिता सुनारलाई शनिबार साँझ झलारी प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले घटनाको सुक्ष्म ढङगबाट अनुसन्धान भईरहेको बताए । उनीहरुको पोस्टमार्टम रिर्पोटबाट समेत केही तथ्य खुल्ने प्रवक्ता ओझाले बताए ।
याे पनि पढ्नुस : चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु