१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १२:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘रातो र चन्द्र–सूर्य’ सुन्दा जोस आउँछ : पारस खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १२:३१:००

गीत, संगीतमा रुचि नहुने कुरा भएन । तर, यो वा यस्तै खाले गीत सुन्छु भन्ने छैन । नयाँ मात्र होइन, पुराना गीत पनि सुनिरहेकै हुन्छु । परिस्थिति र समयअनुसार मन पर्ने गीत पनि फरक हुन्छन् । गीत–संगीतको क्षेत्र बृहत् छ । ‘ट्रेन्डिङ’मा रहेका वेला गीत सुन्छु नै । त्यसमा अंग्रेजी, हिन्दी वा नेपाली जुन पनि हुन सक्छन् । कुनै गायक, गायिकाको नामै लिन भने गाह्रो छ । चलेका गीत सुन्छु र तिनका गायक, गायिका राम्रै लाग्छन् ।

‘रातो र चन्द्र–सूर्य, जंगी निसान हाम्रो’ हाम्रो विजयी गीतजस्तै छ । यो गीत गाउँदा नयाँ जोस आउँछ र अर्कै प्रकारको उमंगको सञ्चार हुन्छ ।

खोजी–खोजी गीत सुन्नेमा म पर्दिनँ । मैले धेरै सुनेको र आफैँले पनि धेरैपटक गाएको गीत ‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो’ हो । यो गीत हाम्रो विजयी गीतजस्तै छ, यो गीत गाउँदा नयाँ जोस आउँछ । जब अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल जित्छौँ, हामी यही गीत गाउँछौँ । यो गीतले अर्कै प्रकारको उमंगको सञ्चार गराउँछ ।