मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
साहित्य

‘हामी कवि र कविता’मा शान्ति र राधिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १२:२३:००

यसपटकको ‘हामी कवि र कविता’मा कवयित्रीद्वय शान्ति प्रियवन्दना र राधिका गुरागाईं उभिए । सर्वनाम थिएटरमा हरेक महिनाको १ गते सञ्चालन हुने यस शृंखलामा हरेकपटक दुईजना कविले आफ्ना प्रतिनिधि कविता वाचन गर्ने गर्छन् । 

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरको सहकार्यमा हुँदै आएको यस कार्यक्रममा कवयित्री प्रियवन्दनाले ‘जवाफ पाऊँ सरकार’, ‘केतुकेको नाम्लो’, ‘आउँदो युद्धमा’, ‘नगरवधुको बकपत्र’, ‘आमा मेरो विश्वविद्यालय’, ‘छोरी इतिहास पढिरहेकी छे’, ‘म’, ‘पक्षपाती घाम’लगायत कविता वाचन गरिन् । ‘जवाफ पाऊँ सरकार’ कवितामा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाहरूको कथालाई उनले बिम्बात्मक तवरले बुनेकी छिन् ।

सर्वनाम थिएटरमा हरेक महिनाको १ गते सञ्चालन हुने शृंखलामा हरेकपटक दुईजना कविले आफ्ना प्रतिनिधि कविता वाचन गर्ने गर्छन् ।

यस्तै, कवयित्री गुरागाईंले ‘फूल’, ‘मौन आकृति’, ‘सालिक’, ‘अन्यथा नसम्झिनुहोला’, ‘झरी, रक्सी, पत्नी र बोतलहरू’, ‘चराहरूको घर’लगायत १२ कविता वाचन गरिन् । राधिकाका केही कविता प्रकृतिसँग नजिक थिए भने केही कविताले नेपाली समाजको वास्तविक र कुरूप अनुहारलाई समेटेका थिए ।