Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर २ सोमबार १०:३३:००
Read Time : < 1 मिनेट
खेलकुद

७ मंसिरमा नेपालगन्ज म्याराथन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार १०:३३:००

नेपालगन्ज म्याराथन ७ मंसिरमा हुने भएको छ । नेपालगन्ज म्याराथनलाई यसपटक धारा शुद्ध तोरीको तेलले दुई वर्षका लागि सम्झौता गरेको क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले बताए । मुख्य प्रायोजकको तर्फबाट केएल दुगडका महाप्रबन्धक प्रदीपकुमार छाजेड र क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष ठकुरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘धाराको नारा मुटु चाहिन्छ, मुटुसँग म्याराथनको केही न केही तालमेल हुन आउँछ ।

म्याराथन दौडका लागि तयार हुन पनि मुटु नै चाहिन्छ,’ अध्यक्ष ठकुरीले भने, ‘सामाजिक एकताको प्रतीक खेलकुदमार्फत सहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ । यसैअनुसार हामीले चार वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौँ ।’ 

नेपालगन्ज म्याराथनको माध्यमबाट कोहलपुर र नेपालगन्जलाई जोड्ने प्रयास गरिएको बताउँदै उनले नेपालगन्जलाई महानगर बनाउन म्याराथनले सहयोग गर्ने जिकिर गरे ।

‘यो हाम्रो पहिलेदेखिको सपना हो । सद्भावको सहर नेपालगन्जलाई अरू सहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी छ,’ ठकुरीले भने । पुरुष खुलातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, पाँच किलोमिटर महिला तथा पुरुषको स्कुलस्तरीय र खुला दौड समावेश गरिएको छ । त्यसैगरी, ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड राखिएको उनले बताए । शारीरिक रूपले अशक्तका लागि पनि दौड स्पर्धा समेटिएको उनले बताए ।