मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २ सोमबार ०८:०८:००
Read Time : < 1 मिनेट
समाचार

सत्यनिरूपण र बेपत्ता आयोगकाे अध्यक्षमा १५ भन्दा बढी आकांक्षी

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार ०८:०८:००

सिफारिस समितिद्वारा ६१ जनाको नाम पेस, पाँच दिनभित्र उजुरी दिन सकिने

संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा १५ जनाभन्दा बढीले दाबी गरेका छन् । पदाधिकारी सिफारिस गर्न बनेको समितिले ६१ जनाको नामसूची सोमबार सार्वजनिक गर्दै छ । 

दुवै आयोगको अध्यक्षमा दरखास्त दिनेमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशदेखि कानुन व्यवसायीसम्म छन् । सर्वोच्चका पूर्वन्यायाधीश कमलनारायण दासदेखि उच्च अदालतका पूर्वन्यायाधीश युवराज सुवेदीसम्म छन् । लोकेन्द्र मल्लिक, बिजुलकुमार विश्वकर्मा, अरविन्दकुमार सिंह, गोविन्द गौतम, आशिकराम कार्की, ताराबहादुर न्यौपाने, गणेशदत्त भट्टलगायतले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् । सोमबार सार्वजनिक हुने नाममाथि पर्ने उजुरीबारे समितिले आउँदो आइतबारबाट छानबिन गर्नेछ ।

समितिको आइतबारको बैठकले ६१ जनाको नामावली प्रकाशित गर्ने निर्णय गरेको समिति सदस्य रामनाथ मैनालीले जानकारी दिए । ‘तीनजनाको नाम अनुसन्धानका क्रममै हटाइएको छ । गोविन्द शर्मा बन्दीको निवेदन फिर्ता लिएको, डिल्लीराज घिमिरे र धनबहादुर मगरको शैक्षिक योग्यता नपुगेपछि हटाएको हो,’ समितिका एक सदस्यले भने, ‘सूचीबाट हटाइएका मगरले सत्यनिरुपण र बेपत्ता आयोगको अध्यक्षका लागि दरखास्त हालेका थिए । उनको शैक्षिक योग्यता १० कक्षा पास मात्रै थियो ।’ 

दुवै आयोग पदाधिकारीको म्याद चैत मसान्तमा सकिएको हो । म्याद सकिनुअघि नै चैतमै सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति बनाएको थियो ।