१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ दिल्ली
२०७६ मङ्सिर १ आइतबार १५:३५:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमिताभ बच्चनको जाँगर, १८ घण्टा सुटिङमा

Read Time : < 1 मिनेट
नयाँ दिल्ली
२०७६ मङ्सिर १ आइतबार १५:३५:००

लगातार सुपरहिट फिल्ममा अभिनय गरेर भारतीय चलचित्र क्षेत्रको महानायक बनेका अमिताभ बच्चन अहिले पनि आफ्नो काममा उत्तिकै सक्रिय छन् । 

भारतीय चलचित्रका महानायक अमिताभलाई कलेजोमा समस्या देखिएर केही समययता विमार भइरहेका छन् । केही समयअघि उनी अस्पताल भर्ना भएका थिए । ७७ वर्षीय बच्चन विरामीबाट तंग्रिने बित्तिकै निरन्तर काममा जुटेका छन् ।

भर्खरै मात्र उनले आफ्नो ब्लगमा दैनिक १८ घण्टा काम गरिरहेको उल्लेख गरेका छन् । उनी विरामी पर्दा टिभिमा आउने उनेको कार्यक्रम ‘कौन बनेका करोडपति’को सुटिङ हुन सकेको थिएन । त्यही भएर उनले १८ घण्टासम्म काम गरेर अघिल्ला एपिसोड पुरा गरेका हुन् । विमारीबाट उठेपछि उनले आफ्नो ब्लगमा कौन बनेका करोडपतिको ४ वटा एपिसोड सुटिङ गरेको बताएका छन् । 

यो उमेरमा पनि उनको काम प्रतिको जाँगर देखेर हैरान हुने उनका प्रशंसक धेरै छन् । बच्चनको काम प्रतिको समर्पण उनको ट्वीटमा पनि देखिन्छ । उनले केही अघि मात्र ट्वीटरमा ‘देयर इज नो वर्क विदाउट वर्क’ भन्दै काम बारे लेखेको छन् ।

- एजेन्सी