मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १ आइतबार १५:३१:००
Read Time : < 1 मिनेट
समाचार

मृतकका आफन्त कुट्ने प्रहरीलाई कारवाहीको माग गर्दै सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार १५:३१:००

पुर्व पश्चिम राजमार्ग अन्र्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा शनिबार राति ट्रकमा ठोकिएर मुत्यु भएका परिवार तथा आफन्तलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै चक्का जाम गरिएको छ । वरिष्ठ उपरीक्षक देव बहादुर बोगटीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत शुक्लाफाँटा नगरपालिका १० को झलारी बजारमा चक्का जाम गरेका हुन । उनीहरुले घटना घटेको १५ घण्टा वितिसक्दा पनि ट्रक मालिक नआएको र मृततका आफन्त पिट्ने एसएसपी पनि उपस्थित नभएको भन्दै सडकमा ढुङ्गा मुढा राखेर अवरुद्ध गरेका छन् । 

शनिबार राति पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणिमा ना ३ ख १४२४ नम्बरको ट्रकमा नम्बर प्लेट नराखिएको (अनटेन्ट) मोटरसाईकल ठोक्किँदा दुई युवकको मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी इन्चार्ज नैन सिह साउदले चालक नरेन्द्र बोहरासहित ट्रक नियन्त्रणा लिएर अनुसन्धान थालिएको बताए । साउदले रोकिएको ट्रकमा ठोक्किएर उनीहरुको मृत्यु भएको बताए । 

मृतकका आफन्तले भने आफुलाई ‘डिआइजी’ बताउने प्रहरीले आफुमाथि कुटपिट गरेको भन्दै आइतबार इलाका प्रहरी कार्यालय झलारी घेराउ गरेका थिए । उनीहरुले कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग गर्दै इप्रका झलारी घेराउ गरेका हुन् ।