मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १४:१७:००
Read Time : < 1 मिनेट
साहित्य

‘गीत गजल र शीतल’को ऐतिहासिक श्रृंखला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १४:१७:००

कुञ्ज थियटरको प्रस्तुति रहेको ‘गीत गजल र शीतल’को बाह्रौ श्रृङ्खला शनिबार सम्पन्न भएको छ । 

अत्याधिक दर्शकको सहभागिता रहेको उक्त श्रृङ्खलामा हाल वेलायतमा बसेर गजल लेखनमा सक्रिय रहेका पोखराका गजलकार डा. रुपक श्रेष्ठ र पेशाले चिकित्सक कवि तथा गजलकार डा. नीरज भट्टराईलाई उभ्याइएको थियो । गजलकार श्रेष्ठ र भट्टराईलेले गजल सुनाएर माहोल तताएका थिए । 

गजलकार नीरज भट्टराईले ‘सबथोक पाएर पनि केही नपाएजस्तो गर्छ, जिन्दगीले घरिघरि चित्त दुखाएजस्तो गर्छ’ भन्ने सेरबाट वाचन सुरु गर्दा दर्शकदिर्घाबाट हुटिङ सुरु भएको थियो । गजलकारद्धयले करिब एक÷एक दर्जन गजल सुनाए । 

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो योगदान दिएवापत दिइँदै आएको सम्मान यसपटक चर्चित गायिका रजीना रिमाललाई प्रदान गरिएको थियो । रिमालले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको कुरा बताउँदै आफ्ना चर्चित दुई गीत गाएकी थिइन् । 

कार्यक्रमकी संयोजक गजलकार शीतल कादम्बिनीले बीचबीचमा आफ्ना गजल सेरहरुले माहोल तताएकी थिइन् ।  अबको तेह्रौ श्रृङखला विशेष बनाउने थिएटरका अध्यक्ष कमल ढकालले जानकारी गराए । कार्यक्रम हरेक दुई/दुई महिनामा थापागाउँस्थित कुञ्ज थियटरमा हुँदै आएको छ ।