मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १५:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : ललितपुर ६ विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १५:२९:००

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्याडियटर्सलाई ६ विकेटले पराजित गरेको छ । भैरहवाले दिएको ९३ रनको सामान्य लक्ष्य ललितपुरले ४ विकेटको क्षतिमा १४.२ ओभर खेल्दै ९४ रन बनाइ पुरा गरेको हो ।  

टस हार्दै ब्याटिङकाे निम्ताे पाएकाे भैरहवाले निर्धारित २० अाेभर पनि नखेलि  १९ अाेभरमा ९२ रन बनाइ अलअाउट भएकाे थियाे । लक्ष्य पछ्याउने क्रममा ललितपुरका लागि जयकिशन काेसवालाले २२ रन, पवन सफारले २५ रन र सन्दिप जाेराले १८ रनकाे याेगदान गरे । भैरहवाका लागि रायन टेन्डेस्काटेले २ विकेट लिए भने माेहम्मद नाभिद र शरद भेषवाकरले समान १/१ विकेट लिए ।  

यसअघि उत्कृष्ट बलिङ गर्ने क्रममा ललितपुरका लागि सन्नि पटेलले ५ विकेट लिए । रशिद खान र योगेन्द्र सिंहले समान २/२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए ।  खराब ब्याटिङ गरेको भैरहवाका ब्याट्सम्यान इन्दर सिंह र रायन टेन्डेसकाटे बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । इन्दर सिंहले २५ रन र रायन टेन्डेसकाटेले ३७ रनको योगदान गरे । 

जितसँगै ललितपुर तालिकाको शिर्ष स्थानमा पुगेको छ । ललितपुरले ५ खेलबाट ८ अंक जाेडेकाे छ । ५ खेलबाट ६ अंक जाेडेकाे भैरहवा दाेस्राे स्थानमा छ । अंक तालिकाकाे पहिलाे र दाेस्राे स्थानमा रहेका टाेलिले फाइनलका लागि क्वालिफायर्स खेल्नेछन् ।