मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्राध्यापक संघको अध्यक्षमा बुद्धबहादुर थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार २०:०६:००

नेपाल प्राध्यापक संघको अध्यक्षमा प्रा. बुद्धबहादुर थापा निर्विरोच चयन भएका छन् । २० जना सदस्य निर्वाचित भएका छन् । 

शनिबार काठमाडाैंकाे पद्मकन्या कलेजमा भएको निर्वाचनबाट २० जना सदस्य घोषणा गरिएको छ । सदस्यमा डा. रमेशकुमार जोशी, विपिनकुमार राय, देववराज अवस्थी, नरेन्द्र सिवाकोटीलगायत २० जना निर्वाचित भएका हुन् । सदस्यका लागि २१ जनाले उमेदवारी दिएका थिए । 

निर्वाचित २१ जनाको टिमले उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका बाँकी पदमा चयन गर्ने निर्वाचन समिति सदस्य शान्तिकृष्ण अधिकारीले बताए ।