१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ३० शनिबार १९:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कालापानी र लिपुलेक नेपालकै हो भन्ने प्रमाण हामीसँग छ : माधव नेपाल

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार १९:२९:००

नेकपाका वरिष्ठ नेता माधव नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने विभिन्न तथ्य र प्रमाणहरु आफूहरुसँग रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भुतपूर्व संस्कृत विद्यार्थी समाजको ऐतिहासिक सम्मेलनमा सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् । 

महाकाली नदी नै नेपाल भारत बीचको सीमा नदी रहेको र उद्गम स्थल लिम्पियाधुरा रहेको तथ्य भएकाले त्यसकै आधारमा सरकारले भारतसँग कुरा राख्नु पर्ने उनले बताए । सरकारले नेपाली जनताको भावनाको कदर गर्दै सीमा विवाद तत्काल सुल्झाउनु पर्ने उनको भनाई थियो ।

संस्कृत विद्यापिठमा सहभागिता जनाएका नेपालले छात्रहरु तथा भुतपूर्व छात्रहरुसँग संस्कृत भाषाको महत्व र योगदानबारे चर्चा समेत गरे । उनले विभिन्न भाषाको जननी नै संस्कृत भएकोले संस्कृतको संरक्षण र संस्कृतको विकासको लागि सवै लाग्नुपर्नेमा जोड दिए । 

यता सम्मेलनको पहिलो दिन प्रमुख अतिथीको रुपमा पुगेका प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले समेत संस्कृति र भाषा अपेक्षाकृत विकास हुुन नसक्नुमा हामी आफै दोषी भएको बताए ।