मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ३० शनिबार १८:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारले नेपाली भूमि एक इन्च पनि मिच्न दिदैन : परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार १८:०३:००

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारले नेपाली भूमि एक इन्च पनि मिच्न नदिने बताएका छन् । भारतले नेपाली भूभागहरु समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै त्यसको समाधान सरकारले कुटनीतिक तवरबाट गरिरहेको जानकारी दिए ।

विभिन्न क्षेत्रबाट नेपाली स्वाधिनता र नेपाली अस्मितालाई खलल पुर्याउने तत्वहरु लागिरहेको बताउँदै त्यसलाई सरकारले डटेर सामना गर्ने उनको भनाइ छ । ‘भारतले हामीलाई एक असल मित्रराष्ट्र भनिरहन्छ तर हाम्रो भूमि प्रतिको उसको नियत हामी सबैले बुझिसकेका छौँ,’ मन्त्री ज्ञवालीले भने, ‘मित्र भन्ने अनी हाम्रो भूमि पनि मिचिरहने ? यो हामीलाई कदापी स्वीकार्य छैन ।’

पाल्पाली साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित खण्डकाव्य श्रम साधनाको विमोचन कार्यक्रममा बोल्दै ज्ञवालीले राष्ट्रिय एकतालाई प्रत्यक्ष तथा परोक्ष रुपमा ठगिरहने, जातीयता, धार्मिकता, भौगोलिकताको नाममा देशलाई बिखण्डन गर्ने कुचेष्टा राख्नेलाई सरकारले तह लगाउने बताए ।

राष्ट्रियताको सवालमा अहिले सत्ता पक्ष र प्रतिपक्ष भन्ने नै नभएर सबै नेपाली जनताहरु एकजुट भएको ज्ञवालीले बताए । ‘२०१८ सालको जनगणना, मालपोत तिरेका रसिद नै कालापनी र लिपुलेक नेपालकै हो भन्ने प्रमाण हो,’ उनले भने, ‘त्यसमा सरकार कटिवद्ध रहेको छ ।’ उनले भूमि र राष्ट्रका नागरिकको रक्षाका लागि सरकार तत्पर रहेको बताए ।