Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रवि सेन्चुरी काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १८:०४:००
Read Time : > 1 मिनेट
ब्लग

वैदेशिक रोजगारीको आकर्षण कि बाध्यता ?

Read Time : > 1 मिनेट
रवि सेन्चुरी काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १८:०४:००

वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक समस्याको सानो चित्रण गायक प्रकाश सपुतको ‘बोल माया...’ र हेमन्त रानाको ‘सुन साइली...’ गीतमा पाउन सकिन्छ । वैदेशिक रोगजारीका कारण परिवारले भोगेका पीडा, बेदना, समाजिक, आर्थिक, साँस्कृतिक पक्षहरुका बारेमा बनेका यी गीत निकै रुचाइए ।

वैदेशिक रोजगारीका बारेमा तयार भएका अधिकांश गीत पीडादायी तथा वियोगान्त हुने गर्छन । यसले नेपाली समाजमा वैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको स्पष्ट हुन्छ । तर विदेशिने नेपालीहरुको संख्या घट्नु सट्टा बढ्दो छ । आर्थिक वर्ष २०७४-७५ को तथ्यांकअनुसार नेपालबाट हरेक दिन करिब हजार युवा विदेश जाने देखाएकाे छ । नेपालीहरु संस्थागत रुपमा एक सय १० (हाल ३ वटामा रोक्का भएको छ) र व्यक्तिगत रुपमा एक सय ७२ देशमा पुगेको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार २०७६ जेठ मसान्तसम्म करिब ४६ लाख छिमेकी देश भारतबाहेकको देशमा रोजगारीका लागि पुगेका छन् ।

वैदेशिक रोजगारीबारे नेपालमा सयौँ कार्यपत्र प्रस्तुत र छलफल भएका छन् । छलफल र कार्यपत्रमा नेपालमा अवसर तथा रोजगारी अभावले विदेशिनु परेको तथ्यमा सबैको साझा मत पाइन्छ । दैनिक जसाे हुने छलफल तथा बहसमा वैदेशिक रोजगारीमा गएका नेपालीले भोगेका पीडा, शारीरिक अंगभंग हुनु परेको, मृत्यु भएको, हिंसा जस्ता विषय उठ्छन । वैदेशिक रोजगारी कष्टकर भए पनि जाने क्रम किन रोकिएको छैन ?, नेपालमा अवसर नभएर विदेशिन बाध्य भएका हुन ? विदेशिनुको अन्य कारण पनि छन कि ?

विदेशिनुका अनेक कारण होलान तर, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नुमा हाम्रो समाजिक संरचनाले कतिको भूमिका खेल्ने गर्छ त ? आगामी दिनमा यसबारे बहस हुनु जरुरी छ । समाजिक दृष्टिकोणबाट वैदेशिक रोजगारीबारे अध्ययन नगरुन्जेल मुलभूत समास्य नजिक पुग्न सक्दैनौं । त्यसैले समाजशास्त्रीय दृष्टिकोणबाट पनि वैदेशिक रोजगारीबारे बहस र छलफल हुन जरुरी छ । भड्किलो जीवन शैली, महंगो शिक्षा, महंगा मोबाइल बोक्ने संस्कृतीजस्ता कारणले वैदेशिक रोजगारीमा युवाकाे आकर्षण बढेकाे छ । आफन्त, परिवार, छिमेकीले पार्ने मानसिक दवावका कारण पनि युवाहरू वैदेशिक राेजगारीमा जान बाध्य भएका छन् ।

पछिल्लाे दिनमा नेपाली समाजले विदेश जानुलाई समाजिक तथा आर्थिक हैसियतसँग जोडेर हेर्ने थालेकाे छ । त्यसैका आधारमा समाजले हाम्रो स्तर निर्धारण गर्ने गलत प्रवृत्ति बढेको छ । नेपालमै केही गरौं भन्ने नेपालीलाई हेयको दृष्टिकोणबाट हेर्ने, हतोत्साही बनाउने वातावरण सृजना भएको छ । यस्ता वातावरणले समाजलाई यसरी गाँजेको छ कि विदेश नजाने युवा असक्षम जस्तो हुन पुगेका छन् ।

नेपालीहरु विदेशीनुमा यहाँ अवसर प्राप्त नहुनु मात्र होइन् । नेपालमै छिमेकी राष्ट्रबाट काम गर्न आउने धेरै छन् । नेपाली विदेशीनुमा वर्तमान समाजिक संरचनाले महत्वपूर्ण भूमिका खेलेकाे छ । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने नेपाली स्वदेशमा सामान्य काम गर्न लाज मान्ने गर्छन् । सर्वप्रथम नेपालमा कामका आधारमा मानिसलाई हेर्ने दृष्टिकोणमा नै खोट छ ।

यस्तै कारणले नेपालीलाई आफ्नै देशमा सामान्य काम गर्न पनि गाह्राे हुन्छ । विदेशीन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने समाजिक मान्यता बदल्नेबारेमा पनि गम्भीर छलफल र बहस जरुरी छ । विकशित देशमा जस्तो भए पनि कामलाई सम्मान गर्ने परिपाटी छ । नेपालमा पनि त्यस्ताे अवस्था सृजना हुनुपर्छ  जसले गर्दा युवाहरु नेपालमै आत्मसम्मानपूर्वक काम गर्दै परिवारसँग बस्न सकुन र देशको विकासमा साथ दिन सकुन ।