मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ३० शनिबार १५:५५:००
Read Time : < 1 मिनेट
समाचार

हात्तीको आक्रमणबाट माडीमा दुई जनाको मृत्यु [अपडेट]

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार १५:५५:००

माडी ठोरी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । निकुञ्जभित्र अमुवा पोष्ट नजिकै रातोमाटे डाँडोमा हात्तीको आक्रमणबाट माडी नगरपालिका १ का ६० वर्षीय बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यलय माडीले जनाएको छ ।

बगहीदेखि ठोरीको अमुवा क्षेत्रको लु ३१ प २९११ नं को मोटरसाइकलमा यात्रा गर्नेक्रममा उनीहरुलाई बच्चा हात्तीसहितको बथानले आक्रमण गरेको थियो । मृत्यु हुने बाबुराम र राजु बाबु छाेरा हुन् ।

प्रहरी सहितको टोली अहिले घटना स्थल पुगेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।