Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फाेटाे
२०७६ कार्तिक ३० शनिबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीको दोस्रो डायलाइसिस सम्पन्न, आजै डिस्चार्ज हुने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार १५:०९:००

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज (शनिबार) पुन: डायलाइसिस गरिएको छ । बिहान करिब ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका उनको स्वास्थ्य जाँचपछि हेमाेडायलाइसिस गरिएको अस्पतालका प्रमुख डा. चक्रराज पाण्डेले बताए । प्रधानमन्त्री ओलीको अन्य रिपोर्टहरु सामान्य देखिएको पनि उनले जनाकारी दिए ।

प्रधानमन्त्री ओलीको आजै डिस्चार्ज हुने डा. पाण्डेले बताएका छन् । उनकाे १२ कात्तिकमा आकस्मिक अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । अल्ट्रा–फिल्ट्रेसन हेमोडायलासिसभन्दा केही फरक उपचार विधि भएको उपचारमा संलग्न चिकित्सकले बताए । रगतमा हानिकारक तत्व बढेपछि तत्काल चिकित्सकहरुले अल्ट्रा–फिल्ट्रेसन गरेका थिए । रगतलाई केही शुद्धिकरण गरेपछि बिहीबार १३ गते हेमोडायलासिस गरिएको थियो । अझै पनि नियमित डायलाइसिसमा जानु नपर्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर उनको मिर्गौलाको पछिल्लो समय काम गर्न छाड्दै गएको छ ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर 'प्लाज्माफेरेसिस' प्रक्रियामार्फत उपचार गराएका थिए । उक्त प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीको मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको हो ।