Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ३० शनिबार १५:३८:००
Read Time : < 1 मिनेट
प्रदेश

तीन सातामा चार फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार १५:३८:००

सिरहा प्रहरीले ९ कात्तिक यता तीन हप्ताको अवधिमा विभिन्न अपराध सम्बन्धि मुद्दामा कैद फैसला सुनाइएका र विचाराधीन मुद्दाका चार जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । 

प्रहरीले बिहीबार धनगढीमाई नगरपालिका १० स्थित घरबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६० वर्षीय रामेश्वर सिंहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको गस्ती टोलीले सिंहलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरी सिरहा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

त्यसअघि प्रहरीले २५ कात्तिकमा सिरहा नगरपालिका २ बाट ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ४० वर्षीय जीवछ यादवलाई पक्राउ गरेको थियो । जिल्ला सदरमुकाम सिरहास्थित वडा प्रहरी कार्यालय (ख) बाट खटिएको गस्ती टोलीले ज्यान मार्ने उद्योग मुद्दा अन्तर्गत फरार यादवलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए । पक्राउ गरिएका  यादवलाई त्यही दिन अदालतमा बुझाइएको छ । 

प्रहरीले २१ कात्तिकमा आगलागी र अंगभंग मुद्दामा अदालतले कैद फैसला र जरिबाना सुनाइएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले आगलागी मुद्दामा सिरहा जिल्ला अदालतबाट ६ महिना कैद सजाय सुनाइएका २३ वर्षीय ऋषिकेस साहलाई मिर्चैया ७ स्थित उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाएको छ । 

त्यस्तै, सिरहाको अर्न गाउँपालिका ४ गौरीपुरस्थित घरबाट अंगभंग मुद्दा अन्तर्गत  सिरहा जिल्ला अदालतबाट ६ महिना कैद र पाँच हजार दुई सय रुपैयाँ जरिबाना फैसला भएका फरार प्रतिवादी ५० वर्षीय घुरनप्रसाद यादवलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक बोहराले उल्लेख गरे ।