मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १५:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको छ : बामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १५:२२:००

नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै पार्टीको प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन् । उनले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने बताए । विगतमा बुद्ध र सगरमाथाको नामबाट चिनिने देश भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनले गरे । 

उनले भने, 'जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ । आएर हेर, ५ वर्ष सम्म राम्रोसँग काम गर्न पायौ भने ५ वर्षमा भारतलाई हामीले छुन्छौ । १० बर्षमा चीनलाई छुन्छौ । हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर । बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ ।'

उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याए । 

राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकता अनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको भन्दै दिइएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न उनले निर्देशन दिए । 

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।