सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १४:२३:००
खेलकुद

राष्ट्रिय टिमबाट फर्वार्ड विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १४:२३:००
?>

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ का लागि छनोट भएका चार जना खेलाडीलाई बर्खास्त गरेकाे छ । कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने खेलाडीहरू फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई कारबाही स्वरूप बर्खास्त गरेकाे एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

उनीहरुलाई गत रातभर ठमेलका क्लबहरूमा गएकाे भन्दै कारबाही गरेकाे एन्फाले जनाएको छ । अनुशासनहीन काम गरेको भन्दै उनीहरूलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको हाे ।

राष्ट्रिय टिमबाट बर्खास्त भएसँगै उनीहरू शनिबार ३ बजे भुटान जान पाउने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने तयारी गरेकाे छ । नेपालले विश्वकप छनोटका लागि कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ ।