मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार

अकुपाई टुँडिखेल अभियान अन्तर्गत टुँडिखेलमा खरीको बिरुवा रोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १२:५५:००

खुल्लामञ्च अतिक्रमण विरुद्ध संञ्चालित अकुपाई टुँडिखेल अभियान अन्तर्गत प्रकृतिलाई माया गरौ भन्ने सन्देशसहित शनिबार टुँडिखेलमा खरीको बिरुवा रोपिएको छ । 

विभिन्न वहानामा उपत्यकाका खुल्ला स्थान अतिक्रमण हुन थालेपछि नागरिक समाज तथा स्थानीय युवाहरु अकुपाई टुँडिखेल अभियानमा जुटेका छन् । अकुपाई टुँडिखेल अभियानको दोस्रो कार्यक्रम अन्र्तगत शनिबार टुँडिखेलमा खरीको बिरुवा रोपिएको हो ।

गत शनिबार खुल्लामञ्चको चारै तर्फबाट  मानवसाङ्लो बनाएर सुरु गरिएको अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय, नागरिक समाजका अभियन्ता तथा युवाहरुको सहभागिता रहेको थियो । 

अकुपाई टुँडिखेल अभियानका संयोजक बिजय श्रेष्ठले पछिल्लो समय राजधानी उपत्यकाका रुखहरु काटिदै गएको तर रोप्ने काम नभएकाले प्रकृतिलाई माया गरौ भन्ने संदेश दिनका लागि प्रतिकात्मक रुपमा खरीको बिरुवा रोपिएको बताए । 

खुल्ला स्थान अतिक्रमण हुनबाट जोगाउनका लागि तीन महिनाको समय दिएर सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्र्तत आगामी दिनमा सञ्चालित कार्यक्रमहरुमा जनप्रतिनिधिहरुलाई ल्याएर खरीको बोटमा सपथ खुवाइने अभियानकै अर्का सदस्य गणपतिलाल श्रेष्ठले बताए । 

भुकम्पपछि अस्थाई रुपमा प्रयोग गरिएको खुलामञ्चको केही भाग विभिन्न संघ संस्थालाई दिइएको छ । त्यहाँका दुई गुठीले व्यवसायिक प्रयोजनका लागि जग्गा भाडामा लगाएका छन् । खुलामञ्चमा बीर अस्पतालको स्टोररुमदेखि निर्माण सामग्री राख्ने, गाडी पार्किङ्ग गर्ने गरिएको छ । पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्चमा नै गराइएको छ । अनधिकृत पार्किङ गर्ने र विभिन्न बहानामा जमिन ढलान गर्ने तथा पछिल्लो समय स्थाई प्रकृतिका संरचना बन्न थालेपछि चौतर्फी विरोध हुँदै आएको थियो ।

खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले गत शनिबारदेखि अकुपाई टुँडिखेल अभियान सुरु गरेका हुन् ।